२०८१ चैत १९, मङ्गलवार , ०३:४२:५९ बजे

Sajhamanch
'

तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे

आइतवार, चैत १७, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।

सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।

यो सम्बधमा संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन पनि दलहरूलाई सभामुखले आग्रह गरे । सभामुख घिमिरेले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन पनि अपिल गरे ।

गत शुक्रबार राजावादीले काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका थिए । तर, प्रदर्शन नसकिँदै प्रदर्शनस्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पुर्‍याए ।

निजी घरमा लगाइएको आगोमा जलेर एक जना पत्रकारको जलेर मृत्यु भयो । अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजानी गरे । माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड प्रयास गरे । सन्चो उद्योगमा आगजनी गरे ।

अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी गरे । कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजानी र तोडफोड प्रयास गरे । प्रदर्शनका क्रममा ३० जना भन्दा बढी घाइते भएका छन् ।

यी गतिविधिलाई सभामुख घिमिरेले लोकतन्त्रमाथिको प्रहार भनेका हुन् ।

सम्बन्धित खबर