२०८१ चैत १८, सोमवार , ०७:१९:१८ बजे

Sajhamanch
'

म्यानमार भूकम्प अपडेट: ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

शनिवार, चैत १६, २०८१

म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो विवरणमा एक हजार दुई जना पुगेको छ ।त्यस्तै दुई हजार तीन सय जनाभन्दा धेरै घाइते भएका उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । भत्किएका भवनहरूमा फसेकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ ।

भूकम्पले म्यानमारमा भवन, पुल, सडक भत्किएका छन् । म्यानमारको सैन्य सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।चिनियाँ विपद् प्रतिकार्य ३७ जनाको टोली पुगेको छ । टोली एक सय १२ सेट आपतकालीन उद्धार सामग्रीसहित पुगेको हो । सैन्य सरकारले देशका ६ ठाउँमा आपतकालीन अवस्था घोषणा गरेको पनि जानकारी दिएको छ ।

त्यस्तै थाईल्याण्डले आपतकालीन अवस्था घोषणा गरेको छ । म्यानमारमा हिजो ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पले म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ । एजेन्सी

सम्बन्धित खबर