२०८१ चैत १७, आइतवार , ०९:३६:५४ बजे

Sajhamanch
'

‘कृष ४’ बन्ने पक्का, ऋतिक रोशनले निर्देशनमा डेब्यु गर्ने

शनिवार, चैत १६, २०८१

काठमाडौं । भारतीय फिल्मको सुपरहिरो फ्रेन्चाइज ‘कृष ४’को बारेमा महत्वपूर्ण अपडेट छ । १२ वर्षदेखि यो फिल्मलाई लिएर धेरै चर्चा भए पनि यो कुरा अघि बढेको थिएन । यसो हुनुमा मुख्य कारण भारी बजेट थियो ।

यतिबेला भने फिल्म निर्माणको लागि राकेश रोशनले यशराज फिल्म्सका आदित्य चोपडासँग लागि हात मिलाएका छन् । ऋतिक रोशन ‘क्रिस ४’मा फेरि सुपरहिरो बन्ने मात्र होइन, यो फिल्मबाट निर्देशकको रुपमा पनि डेब्यु गर्नेछन् ।राकेश रोशन आफैंले आदित्य चोपडासँग मिलेर फिल्म बनाउने कुरा पुष्टि गरेका छन् । सन् २०२६ को सुरुवातमा फिल्मको छायांकन हुने जनाइएको छ । ‘पिंकभिल्ला’को रिपोर्टअनुसार ऋतिकले ‘क्रिस ४’मा शीर्ष अभिनेता र निर्देशक दुवैको भूमिका निर्वाह गर्नेछन् ।

सन् २००३ मा ‘कोई मिल गया’बाट सुरु भएको ‘क्रिस’ भारतीय सिनेमाको सबैभन्दा ठूलो सुपरहिरो फ्रेन्चाइज हो । सन् २००६ मा ‘क्रिस’ र त्यसपछि सन् २०१३ मा ‘क्रिस ३’ रिलिज भयो । यी तीनवटै चलचित्र बक्स फिसमा सुपर-डुपर हिट भएका छन् ।‘क्रिस ४’को स्क्रिप्ट तयार भई प्रि-प्रोडक्सनको काम तीव्र गतिमा अघि बढेको जनाइएको छ । राकेश रोशनले यसबारे भनेक छन्, ‘क्रिस ४ को निर्देशनको जिम्मा मेरो छोरा ऋतिक रोशनलाई सुम्पिँदै छु, जसले यो फ्रान्चाइजी स्थापनादेखि नै मसँग बसेको, अनुभव गरेको र सपना देखेको छ ।’

उनले अघि भने, ‘ऋतिकसँग कृषको यात्रालाई दर्शकसँग दशकौंसम्म अगाडि बढाउने भिजन छ । महत्वपूर्ण फिल्मको लागि निर्देशक हुन लागेको देख्दा मलाई धेरै गर्व छ’ उनले भने ।

राकेश रोशनले थप भने, ‘क्रिसले विश्वभरका दर्शकलाई मनोरञ्जन दिएको छ । ऋतिकले अब यो सुपरहिरो गाथाको अर्को अध्याय अगाडि ल्याउनेछन् र मैले धेरै वर्ष पहिले सिर्जना गरेको भिजनलाई नयाँ उचाइमा लैजानेछन् ।’

सम्बन्धित खबर