२०८१ चैत १७, आइतवार , ०९:३७:५८ बजे

Sajhamanch
'

सामाजिक सञ्जालमा भ्रामक सूचना पोस्ट नगर्न साइबर ब्यूरोको अनुरोध

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा भ्रामक सूचना फैलाउने र हिंसात्मक पोस्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्‍याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्नरनगराउन अनुरोध गरेको छ ।

यस्ता गतिविधिसँग सम्बन्धित विषयवस्तुहरू सामाजिक सञ्जालमा सेयर नगर्न समेत ब्यूरोले भनेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी झमेलामा पर्न सक्ने भएकाले जिम्मेवार भएर प्रयोग गर्न समेत ब्यूरोले भनेको छ ।

सम्बन्धित खबर