
झापा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो ‘मे’ ३ तारिखमा सङ्घीय चुनाव हुने घोषणा गरेका छन् ।
जनमत सर्वेक्षणले अस्ट्रेलियाका प्रमुख राजनीतिक दलहरू प्रधानमन्त्री अल्बानीजको लेबर पार्टी र विपक्षी लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखाएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री अल्बानीजको लेबर पार्टीसँग अहिले थोरै बहुमत छ । दुवै प्रमुख राजनीतिक दलहरूले स्वतन्त्र सांसदहरू वा अन्य साना दलहरूमा भर पर्नुपर्ने देखिन्छ ।
सन् २०२२ मा भएको चुनावमा साना दल र स्वतन्त्र उम्मेदवारहरूले कीर्तिमानी मत प्राप्त गरेका थिए । चुनावी अभियानमा जीवनयापनको खर्चसँग सम्बन्धित मुद्दाहरू प्रमुख रूपमा उठ्ने सम्भावना छ ।
प्रधानमन्त्री अल्बानीजले महँगिएको जीवनयापन खर्चलाई सम्बोधन गर्ने आश्वासन दिइरहेका छन् । उनको प्रतिद्वन्द्वीका रूपमा लिबरल पार्टीका पिटर डटन छन् ।