२०८१ चैत १७, आइतवार , १०:१६:०० बजे

Sajhamanch
'

रुसमाथि अमेरिकी प्रतिबन्ध हटाउने समय नभएको युरोपेली देशको निष्कर्ष

शुक्रवार, चैत १५, २०८१

झापा । फ्रान्सको पेरिसमा भएको युरोपेली नेताहरूको सम्मेलनले रूसमाथि अमेरिकी प्रतिबन्ध हटाउन नहुने निष्कर्ष निकालेको छ ।

युक्रेनसँगको युद्ध नरोकुञ्जेल अमेरिकाले रुसको प्रतिबन्ध हटाउनुभन्दा बरु बढाउनु पर्नेमा युरोपेली नेताको जोड रहेको बीबीसीले जनाएको छ ।

सम्मेलनमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरले अहिले रुसमाथिको प्रतिबन्धहरू हटाउने समय नभएकोले अमेरिकी पहलमा थप दबाब दिएर रूसलाई युद्ध विराम सम्झौताका लागि निर्णायक वार्ता गर्न बाध्य बनाउनुपर्ने बताए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रूसले कुनै पनि किसिमको शान्ति नचाहने भएकाले उसलाई दबाबको आवश्यकता रहेको प्रतिक्रिया दिइरहेका छन् ।

यसैबीच जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसको प्रतिबन्ध तत्काल हटाउनु गम्भीर गल्ती हुने र शान्ति नआउञ्जेल कुनै अर्थ नहुने बताएका छन् ।

सम्बन्धित खबर