२०८१ चैत १७, आइतवार , ०८:५७:२५ बजे

Sajhamanch
'

सुनसरी र सङ्खुवासभाका दुई आयोजना वर्षौँदेखि अलपत्र

शुक्रवार, चैत १५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले निर्माण गरिरहेका २ वटा आयोजनाको वर्षौँदेखि अलपत्र परेका छन् ।

ठेकेदारले काम नगर्दा सुनसरीको धरानस्थित ल १५ मिटर लामो सडक पुल र सङ्खुवासभाको खाँदबारी क्षेत्रमा निर्माणाधीन १४.४२ किलोमिटर सडक योजना अलपत्र परेका हुन् ।

सुनसरीको धरानमा रहेको लेदुवा खोलाको पुल २०७७ सालदेखि बनाउन थालिएको हो । एक वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको भए पनि सो पुलको काम वर्षौँदेखि अधुरै छ।

पुल बनाउन वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीले २०७७ साल साउन देखि निर्माण थालेको हो । करोड २१ लाख ८५ हजार ८१३ रुपैयाँमा ठेक्का लागेको भए पनि उक्त पुल निर्माण समयमै नहुँदा दोस्रो पटक २०८० असार ३० गते एक वर्षको लागि म्याद थप भएको छ । सो आयोजनामा हालसम्म ८९ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

सङ्खुवासभाको खाँदबारीस्थित मानेभन्ज्याङ्ग–चन्दनपुर–हेलुवाबेसी सडक पनि जीर्ण छ । सो सडक निर्माणका प्रदेश सरकारले २०७७ ठेक्का लगाएको थियो । ७७ कार्तिक ५ गते २ वर्षमा सक्ने गरी निर्माण व्यवसायी कम्पनीहरू याक्थुमहाङ–खाम्पाचे चाबहिलले ठेक्का लिएका थिए ।

४४ करोड ७ लाख २४ हजार रुपैयाँमा ठेक्का लागेको उक्त सडकको काम अझै सकिएको छैन छन् । सो सडक निर्माण सम्पन्न गर्न दोस्रो पटक म्याद थप भएको छ ।

२०८१ वैशाख ३० गतेसम्ममा सक्ने म्याद थप भएको भए पनि हालसम्म पर्खाल तथा नाला र कल्भर्ट निर्माण भएको तथा सब–बेस ओछ्याउने, रोल गर्ने तथा कम्प्याक्शन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

सो सडकका लागि अहिले सम्म २३ करोड ३१ लाख ८५ हजार रुपैयाँ भने भुक्तानी भइसकेको छ । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले निर्माण व्यवसायीहरूले काम नगर्दा समस्या भएको बताए ।

आयोजना स्थलमै पुगेर सार्वजनिक सुनुवाइ गर्दै पूर्वाधारमन्त्री

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले यसरी अलपत्र परेका योजनाको काम सम्पन्न गर्न आयोजना स्थलमै पुगेर सरोकारवालासँग सार्वजनिक सुनुवाइ गर्दै आएका छन् । निर्माण व्यवसायीलाई समेत आयोजना स्थलमा राखेर स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाइ गर्दै आएका छन् ।

उनले आफू पूर्वाधार मन्त्री भएसँगै प्रदेशले निर्माण गरिरहेका आयोजना र बेरुजुको हिसाब सार्वजनिक गरी आयोजना सम्पन्न गर्न लाग्ने बताएका थिए । उनले निर्माण गरिसक्नु पर्ने म्याद सकिएर पनि काम नसकिएका आयोजनाका निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने बताए ।

सम्बन्धित खबर