
झापा । बेलायतको अर्थतन्त्र सन् २०२५ मा एक प्रतिशतले मात्र बढ्ने अनुमान छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार यो वर्षका लागि आफ्नो वृद्धि प्रक्षेपणलाई परिमार्जन गरेको बेलायती अर्थमन्त्री रेचेल रिभ्सले हाउस अफ कमन्समा पुष्टि गरेका हुन ।
विश्वव्यापी व्यापार विवाद बढ्दै गएमा बेलायतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक प्रतिशतले घट्न सक्ने ओबीआरले उल्लेख गरेको छ ।
बेलायतको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति पनि अघिल्लो वर्ष दुई दशमलव पाँच प्रतिशतबाट यो वर्ष तीन दशमलव दुई प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ जुन अक्टोबरको प्रक्षेपण भन्दा शून्य दशमलव ६ प्रतिशतले बढी हो ।