
काठमाडौं । आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
यो वर्षको नारा ‘रङ्गमञ्च र शान्तिको संस्कृति’ रहेको छ । यसले रङ्गमञ्चको कथा कथन र प्रदर्शनको माध्यमबाट शान्ति र समझदारी प्रवर्द्धनको महत्त्वलाई उजागर गर्दछ ।
सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्ष विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो ।
पछिल्लो समय नेपालमा रङ्गमञ्चप्रतिको आकर्षण बढ्दो छ । रङ्गकर्मीका रूपमा उदाएका कलाकार चलचित्रमा जमेको पाइन्छ । यस्तै काठमाडौंमा सञ्चालित नाटकघरमा दर्शकको आकर्षण पनि बढ्दो रहेको रङ्गकर्मी बताउँछन् ।