२०८१ चैत १२, मङ्गलवार , ०४:४४:१४ बजे

Sajhamanch
'

लामो समय मृत्युदण्डको सजाय भोगिरहेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति

मङ्गलवार, चैत १२, २०८१

झापा । हत्याको आरोपबाट मुक्त हुनुभन्दा पहिले झन्डै ५० वर्ष मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई २१७ मिलियन येन अर्थात् १४ लाख डलर क्षतिपूर्ति दिइने भएको छ । फौजदारी मुद्दामा यो क्षतिपूर्ति देशकै ठूलो भुक्तानी भएको वकिलहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

८९ वर्षीय इवाओ हाकामातालाई सन् १९६८ मा आफ्नो मालिक, मालिककी श्रीमती र उनीहरूका दुई जना बालबालिकाको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो तर गएको वर्ष मुद्दाको पुनः सुनुवाइमा उहाँ निर्दोष ठहर भएक थिए।

हाकामाताका वकिलहरूले सम्भव भएसम्म उच्चतम क्षतिपूर्तिको माग गरेका थिए । ४७ वर्षको हिरासतका क्रममा उनको मानसिक स्वास्थ्यमा असर पारेको वकिलहरूले तर्क गरेका थिए । जापानी सरकारले हाकामाताको आर्थिक क्षतिपूर्ति तिर्ने खबरमा उल्लेख छ ।

हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौं कैदी थिए । अघिल्ला सबै चार वटा मामिला पनि निर्दोष ठहरिएका थिए ।

हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोगेका थिए। यसलाई उनले पछि फिर्ता लिएको अदालतले बताएको छ ।

यो मुद्दाले जापानको न्याय प्रणालीमाथि प्रश्न उठाएको छ जसमा पुनः मुद्दा चलाउन लाग्ने समय र जबरजस्ती स्वीकारोक्तिको आरोप पनि समावेश छ ।

सम्बन्धित खबर