
सुनसरी । सुनसरीमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने तीन शिक्षक पक्राउ परेका छन् ।
आइतबार सुनसरी इनरुवा नगरपालिका-१ स्थित भगवती माविको परीक्षा केन्द्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू लगायतको अनुगमन टोलीले एसइई परीक्षाको अनुगमन गर्ने क्रममा गार्डको रुपमा खटिएका शिक्षकहरूले मोबाइल फोन प्रयोग गरी व्हाट्सएप मार्फत विद्यार्थीहरूलाई चिट चोराई रहेको अवस्थामा फेला पारेका थिए ।
अनुगमन टोलीले शिक्षकहरू इनरुवा-४ का ३६ वर्षीय मुकेन्द्र यादव (कोशी मावि)। सोही ठाउँका ४८ वर्षीय दिनेश प्रसाद यादव (बिपी आधारभूत) र इनरुवा-२ का ५४ वर्षीय रमानन्द यादव (भगवती मावि) नियन्त्रणमा लिएका थिए । उनीहरूलाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको थियो ।