२०८१ चैत १२, मङ्गलवार , ०४:४३:५६ बजे

Sajhamanch
'

गाजामा भएको हवाई आक्रमणमा हमासका शीर्ष नेता बर्दाविलको ज्यान गएको पुष्टि

आइतवार, चैत १०, २०८१

झापा । गाजाको दक्षिणी शहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविलको ज्यान गएको पुष्टि भएको छ । हमासका एक अधिकारीले आफ्ना शीर्ष नेता बर्दाविलको ज्यान गएको बताएका बीबीसीले जनाएको छ ।

हवाई आक्रमणमा हमास लडाकु समूहको राजनीतिक कार्यालयका सदस्य बर्दाविल र उनकी श्रीमती दुवैको ज्यान गएको स्थानियबासिन्दाले बताएका छन् । यसबारेमा इजरायलले कुनै धारणा सार्वजनिक गरेको छैन ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीका विभिन्न भागमा पछिल्लो २४ घण्टामा ३२ जना प्यालेस्टिनी मारिएका छन् ।

इजरायली सेनाले गएको मंगलवार गाजा ठूलो आक्रमण गरेको थियो । युद्धविराम सम्झौता त्यागेर आक्रमण थालेपछि झन्डै दुई महिनाको शान्ति प्रकृया बिथोलिएको छ ।

सम्बन्धित खबर