२०८१ चैत ९, शनिवार , ०७:२४:३९ बजे

Sajhamanch
'

इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बर्खास्त

शुक्रवार, चैत ८, २०८१

झापा । इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बार बर्खास्त भएक छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकु समूहले गरेको आक्रमणको पूर्वानुमान गर्न असफल भएको भन्दै आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुख रोनेनलाई पदमुक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

पछिल्लो मन्त्रिपरिषद्को बैठकले उहाँलाई हटाउने औपचारिक निर्णय गरेको हो । ‘शिन बेट’ इजरायलको आन्तरिक गुप्तचर निकाय हो । यो निकायले युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा प्रधानमन्त्री नेतन्याहू र रोनेनबीच गम्भीर मतभेद थियो ।

रोनेन सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि शिन बेट प्रमुखमा नियुक्त भएक थिए। रोनेनले आफूलाई पदमुक्त गर्ने निर्णय ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ रहेको प्रतिक्रिया दिएका छन् ।

गएको मङ्गलवारदेखि इजरायलले प्यालेस्टाइनमा रहेको ठानिएका हमासका निसानामा चरणबद्ध आक्रमण गरिरहेको छ । यो कदमले दुई महिनादेखि चल्दै आएको युद्धविराम भङ्ग भएको छ ।

सम्बन्धित खबर