२०८१ चैत २०, बुधवार , १०:०३:५० बजे

Sajhamanch
'

सामाजिक कथावस्तु बोकेको ‘द्रौपदी’ आजदेखि प्रदर्शनमा

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । सामाजिक कथावस्तुलाई आधार बनाएको चलचित्र ‘द्रौपदी’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

कर्णाली प्रदेशको हिमाली क्षेत्रको वास्तविकतामा केन्द्रित यस चलचित्रले समाजको एक महिलाको सङ्घर्षपूर्ण यात्रालाई पर्दामा उतारेको छ ।

ऋषिराज आचार्यको निर्देशनमा बनेको यस चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी तथा स्वयम् निर्देशक आचार्यको अभिनय रहेको छ ।

चलचित्रलाई आरबी मुभिजको ब्यानरमा निर्माण गरिएको हो । ऋषिराज आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको चलचित्रका सह–निर्मातामा विष्णु ठडराई र ऋतु आचार्य रहेका छन् । चलचित्रको कथा, पटकथा, संवाद तथा गीत निर्देशक आचार्यले नै तयार पारेका छन् ।

चलचित्रमा रवि ओडको सङ्गीत र मोहनकुमार झिल्लुको छायाङ्कन रहेको छ । हिमाली भेगको मौलिकतासहित तयार पारिएको यो चलचित्रको शीर्षक महाभारतको पात्र ‘द्रौपदी’सँग मिल्दोजुल्दो भए पनि कथावस्तु फरक रहेको छ ।

निर्देशक आचार्यका अनुसार चलचित्रमा नेपाली समाजको यथार्थता, सांस्कृतिक परम्परा तथा महिलाको जीवन सङ्घर्षलाई मूर्त रूप दिइएको छ । नेपाली सिनेमा क्षेत्रमा फरक कथावस्तु खोज्ने दर्शकका लागि ‘द्रौपदी’ विशेष आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

सम्बन्धित खबर