२०८१ चैत १५, शुक्रवार , ०४:०१:१३ बजे

Sajhamanch
'

चीनमा क्यानडाका ४ जना नागरिकलाई मृत्युदण्ड

बिहिवार, चैत ७, २०८१

झापा । चीनले क्यानडाका चार जना नागरिकलाई मृत्युदण्ड दिएको छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूसँग कुरा गर्दै मृत्युदण्ड दिएका चारै जनासँग दुई देशको नागरिकता रहेको र उनीहरूका परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताएको बीबीसीले जनाएको छ ।

जोलीले यो सजाय मौलिक मानवीय गरिमा विपरीत रहेको पनि बताएका छन् । यस्तै क्यानडामा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने मृत्युदण्ड सजाय सुनाइएका क्यानडाका नागरिकविरुद्ध अपराधको मजबुद प्रमाण रहेकाले गैरजिम्मेवार टिप्पणी बन्द गर्न क्यानडासँग अनुरोध गरेका छन् ।

बीबीसीका अनुसार उनीहरूलाई लागूऔषधसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको हो । चीनमा लागूऔषध र भ्रष्टाचार मुद्दामा मृत्युदण्ड दिने दर उच्च छ ।

सम्बन्धित खबर