
झापा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको बताएका छन् ।
उनले भिडियो सन्देश सार्वजनिक गर्दै यो कदम शुरूवात मात्र भएको भन्दै अझै खराब अवस्था आउनसक्ने चेतावनीसमेत दिएका छन् ।
नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा गर्न इजरायलले हमाससँग वार्ता गर्ने प्रयास गरेको तर हमासले हरेक पटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन् ।
इजरायलले गाजामा ठूलो हवाई आक्रमण गरेको बेला उनको यस्तो अभिव्यक्ति आएको बीबीसीले जनाएको छ ।
इजरायलको रक्षा बलले हमासको आतङ्कवादी लुकेका ठाउँहरूलाई आक्रमणको निशाना बनाएको बताएको छ ।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या चार सयभन्दा धेरै रहेको र सयौँ घाइते भएका बताएको छ ।