२०८१ चैत ६, बुधवार , ११:०७:०१ बजे

Sajhamanch
'

बिर्तामोडको कनकाई आदर्श र इन्द्रचन्द्र क्याम्पसमा नेवि संघको प्यानल निर्वाचित

बुधवार, चैत ६, २०८१

झापा । बिर्तामोडको कनकाई आदर्श र इन्द्रचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ । कनकाई आदर्श क्याम्पसमा ८१ प्रतिशत मत ल्याई नेविसंघका किरण गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

गुरुङले ४७५ मत ल्याएर विजयी हासिल गरिरहँदा उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका नवीन पौडेलले मात्र ८७ मत पाएका छन् ।त्यस्तै सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेद्वारहरु निर्वाचित भएका छन् ।

सचिवमा नेविसंघका मनिश कोइराला ४७६ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका अनिल अधिकारीले मात्र ६४ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा नेविसंघकी मेघा चबेगु लिम्बूले ३३५ मतसहित जित हासिल गरिरहँदा अखिल क्रान्तिकारीकी जानकी भट्टराईले ५२ र अनेरास्ववियूका किशोर खत्रीले १३६ मत प्राप्त गरेका छन् । कनकाई क्याम्पसमा जम्मा मत सङ्ख्या १५०२ रहेकोमा मात्र ५८० मत खसेको थियो ।

त्यस्तै बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसमा पनि नेविसंघको प्यानल निर्वाचित भएको छ । नेविसंघका श्रीजित ढुङ्गाना ३४० मतसहित सभापतिमा विजयी भएका छन् ।

उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारी र राप्रबिस गठबन्धनका प्रज्वल कडरियाले १०९ र अनेरास्ववियूका आकाश थापाले १९७ मत ल्याएका छन् ।

त्यस्तै सचिवमा नेविसंघका पवन अधिकारी २६१ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनमा सन्जु विशंखेले १२७ र अनेरास्ववियूका शीतल खनालले २५२ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा नेविसंघकी – एरिना थापा २५६ मतसहित निर्वाचित हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनका मचिन्द्र राईले १७१ र अनेरास्ववियूकी प्रबिना वाग्लेले १९८ मत हासिल गरेका छन् । त्यहाँ जम्मा मत सङ्ख्या १०९३ रहेकोमा मात्र ६७० मत खसेको थियो ।

सम्बन्धित खबर