२०८१ चैत ५, मङ्गलवार , ०३:२६:५० बजे

Sajhamanch
'

मोरङमा आगलागीमा परेर एक बालबालिकाको मृत्यु, ८ घर जले

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर  एक  बालबालिकाको मृत्यु भएको छ ।

धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको हो ।

आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

सम्बन्धित खबर