
झापा । अमेरिकाको दक्षिणी राज्यमा अचानक आएको आँधीबेहरीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३४ जना पुगेको छ । ज्यान गुमाउनेमध्ये मिसौरी क्षेत्रमा १२ जना, कन्सासमा आठ, मिसिसिपीमा छ, अर्कन्सासमा तीन जना र अरू पाँच जना रहेका छन् ।
आँधीले धेरै घरहरूमा क्षति गरेको र गाडी पल्टाएको छ भने दुर्घटना पनि भएका छन् । मिशिगन, मिसौरी र इलिनोइससहित सात राज्यमा दुई लाख ५० हजार जना भन्दा धेरै बिजुलीविहीन भएका थिए ।
अहिले पनि १४ हजार घरपरिवार विद्युतविहीन रहेको बीबीसीले जनाएको छ । मध्य मिसिसिपी, पूर्वी लुसियाना, पश्चिमी जर्जिया, फ्लोरिडालगायतका क्षेत्रमा मौसमको अवस्था खराब नै रहेको छ ।