२०८१ चैत ३, आइतवार , १०:०६:१२ बजे

Sajhamanch
'

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

आइतवार, चैत ३, २०८१

काठमाडौं । घरजग्गाको कारोबारबाट अघिल्लो महिना फागुनमा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व सङ्कलन बढेको छ ।

घरजग्गाको कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार फागुनमा रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार, पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार र सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार सङ्कलन भएको छ ।

विभागले गएको साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा तीन अर्ब ८७ करोड, पुसमा चार अर्ब २५ करोड २२ लाख र माघमा तीन अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो ।

मालपोत कार्यालय कलङ्कीले फागुनमा २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

सम्बन्धित खबर