२०८१ फागुन २५, आइतवार , ०५:०८:५५ बजे

Sajhamanch
'

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आइतवार, फागुन २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज आइतबार अपराह्न ३ बजे बस्दैछ।

हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी विशेष अभियान चलाइरहेको माओवादीले अभियान स्थगित गरेर पदाधिकारी बैठक गर्न लागेको हो।

बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

‘अहिले हाम्रो जागरण अभियान मधेस केन्द्रित छ। मधेसमा विशेष रूपमा मनाइने होली पर्व पनि सुरू भएको छ’ उपमहासचिव पुनले भने, ‘हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान आधाजति सकिएकाले त्यसका बारेमा पनि समीक्षा गरौं भनेर केही दिनका लागि अभियान स्थगित गरिएको हो।’

उनले प्रचार गरिएजस्तो पूर्वराजाको सक्रियता बढेकाले अभियान स्थगित नगरिएको बताए।

फागुन १२ गते झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबार बारामा हुने तय थियो। त्यसपछि क्रमश पर्सा र चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ।

होली लगत्तै फेरि अभियान सुरू हुने माओवादीले जनाएको छ।