२०८१ फागुन २१, बुधवार , ०४:२०:४८ बजे

Sajhamanch
'

पहाडको रित्तिँदो क्रम रोक्ने खालका योजना आवश्यक : मुख्यमन्त्री कार्की

बुधवार, फागुन २१, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइसराइलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् ।

आज विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीमा कार्कीले पहाडबाट तराईमा बसाइ सर्ने प्रवृत्ति अत्यधिक रहेकोले रोक्ने खालका योजनामा जोड दिए ।

असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्ने भन्दै उनले पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘हामी जति लगानी गरेर योजनाका काम गर्छौं हाम्रा लक्ष्य र उद्देश्य पूरा हुनुपर्छ । लगानी गरेका कामहरूबाट आम्दानी समेत हुनेगरी योजना बनायौं भने प्रदेशको आर्थिक स्रोत पनि बलियो हुन्छ’, कार्कीले भने ।

पर्यटनको क्षेत्रको लगानीबाट त्यो सम्भव रहेको भन्दै उनले त्यसका लागि स्थानीय तहसँग सहकार्य गर्न सकिने बताए ।

उनले भने, ‘यसो गरियो भने हाम्रो काम पनि हुन्छ र प्रदेशको स्रोत पनि बढ्दै जान्छ ।’

प्रदेश सांसदलाई पनि स्वामित्व लिँदै योजनाहरू छनोट गर्ने र केही पाइएन भन्ने गुनासोलाई न्यूनीकरण गर्दै नमूना काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले प्रदेश प्रदेशमा सन्तुलित विकास गर्न र गोजीबाट योजना हाल्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश आयोजना बैंक कामयाबी हुने बताए ।

सम्बन्धित खबर