२०८२ वैशाख १९, शुक्रवार , ०८:०७:३१ बजे

Sajhamanch
'

साउन १ गतेदेखि प्रदेश सरकारले नै लाइसेन्स छाप्ने

बुधवार, फागुन २१, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले मेसिन किनेर कार्ड बनाउने की कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताएका हुन । उनले वागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि सुरु गर्नुपर्ने बताए।

मन्त्री दाहालले आगामी कार्तिक मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने बताए। उनले जसमा अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको बताए। उनले लाइसेन्स छपाई पूरा गर्न नसके सरकारलाई ठूलो नोक्शानी हुने अवस्था रहेको बताए।

सम्बन्धित खबर