२०८१ फागुन २१, बुधवार , १०:१५:२२ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पले पदभार ग्रहणपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै

बुधवार, फागुन २१, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै छन् । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लागेका हुन ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता रोक्न आदेश दिएको र क्यानडा, मेक्सिको र चीनबाट अमेरिका प्रवेश गर्ने सामानहरूमा कर वृद्धिको घोषणा गरेको २४ घण्टाभन्दा कम समयमा उनको सम्बोधन हुन लागेको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको साथमा ह्वाइट हाउसका प्रवक्ता माइक जोनसन र उपराष्ट्रपति जेडी भान्स पनि हुने खबरमा उल्लेख छ । भान्स सिनेटको औपचारिक नेताको रूपमा दोहोरो भूमिकामा छन् ।

कार्यक्रममा प्रतिनिधिसभा र सिनेट दुवैका डेमोक्रेटिक र रिपब्लिकन सांसदहरू उपस्थित हुनेछन् । यद्यपि डेमोक्याटहरूको समूहले कार्यक्रम बहिष्कार गर्ने बताएका छन् ।

पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा सङ्घीय निकायहरू विघटन गर्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने, रुसको समर्थनमा युक्रेनी समकक्षीको आलोचना गर्नेलगायतका विवादास्पद क्रियाकलाप गर्दै आएको डेमोक्याटहरूको आरोप छ । ट्रम्पका सल्लाहकार एलोन मस्क पनि दर्शकका रुपमा संसद भवनमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर