२०८१ फागुन १९, सोमवार , १२:०६:२६ बजे

Sajhamanch
'

इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थप्यो

आइतवार, फागुन १८, २०८१

झापा । इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो ।

हमास र इजरायलबीच गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएको थियो । यसअन्र्ततग पहिलो चरण मार्च १ अर्थात् गएराति सकिएको थियो ।

युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राखेका थिए। त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहू सहमत भएको बीबीसीले जनाएको छ ।

रमजानलगायतका पर्वलाईसमेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ । शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्‍यो । बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार ९०० जना कैदीबन्दीको रिहाइ गरेको छ ।

पहिलो चरणमा हमास लडाकू समूहको नियन्त्रणमा रहेका ठानिएका नेपालका विपिन जोशीको अवस्था थाहा हुन सकेन । हमासले कब्जामा लिएका २५१ बन्धकमध्ये अझै ५८ जना बाँकी रहेका प्रारम्भिक जानकारी छ ।

सम्बन्धित खबर