२०८१ फागुन १५, बिहिवार , १०:०८:२४ बजे

Sajhamanch
'

हमासले चार बन्धकको शव इजरायललाई पठायो

बिहिवार, फागुन १५, २०८१

झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले चार इजरायली बन्धकको शव रेडक्रसमार्फत इजरायललाई बुझाएको छ । रेडक्रसले इजिप्टका मध्यस्थकर्ताहरूमार्फत इजरायली रक्षा बल आईडीएफलाई शव बुझाएको हो ।

बन्धकहरूको अवशेष रहेको भनिएको चारवटा बाकसहरु प्राप्त गरेको ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले पुष्टि गरेको सीएनएनले जनाएको छ । अहिले शवहरू पहिचान गर्ने प्रक्रिया शुरू भएको खबरमा उल्लेख छ ।

हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि भइनसकेकाले बन्धकका परिवारहरूसँग निरन्तर सम्पर्कमा रहेको र शव पूर्ण पहिचान गरेर आधिकारिक सूचना दिने तयारी छ ।

यसैबीच इजरायलले सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न शुरू गरिसकेको छ । इजरायलले वेस्ट बैंकको जेलबाट ६०० भन्दा धेरै प्यालेस्टाइनी कैदीलाई रिहा गर्न थालेसँगै हमासले शव हस्तान्तरण गरेको हो ।

यसलाई युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । युद्धविराम सम्झौताको पहिलो चरण पर्सि शनिवार सकिँदैछ ।

यसअघि इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाई गरिरहेको थियो । हिजो फेरि हमाससँग विना कुनै समारोह शव हस्तान्तरण गर्ने सहमति भएसँगै कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् ।

सम्बन्धित खबर