
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताएका छन् । महाशिवरात्रि पर्वको शुभकामना दिँदै उनले नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताए ।
भगवान् शिवको महिमा र नेपालको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको विश्वास छ ।
‘नेपालको पवित्र पाशुपत क्षेत्र तथा अन्य धार्मिक स्थलहरूको उचित संरक्षण र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध छ,’ मुख्यमन्त्री कार्कीले लेखेका छन् ।
कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरिसकेको जानकारी गराउँदै उनले यस अभियानलाई सफल बनाउन सबैको सहकार्यको आवश्यकतामा जोड दिए ।
महाशिवरात्रिले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले नेपाली समाजलाई थप मेलमिलाप, सहकार्य र भाइचाराको भावना विकास गर्न प्रेरित गर्ने विश्वास जनाए ।
महाशिवरात्रिसँगै मनाइने सैनिक दिवसको अवसरमा पनि शुभकामना व्यक्त गर्दै नेपाली सेना तथा सुरक्षाकर्मीहरूको योगदानको कार्कीले प्रशंसा गरेका छ ।