२०८१ फागुन १०, शनिवार , १२:५१:३२ बजे

Sajhamanch
'

अग्रगामी शिक्षा ऐनको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र

शनिवार, फागुन १०, २०८१

भद्रपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक कर्मचारी सम्बद्ध सबै घटकले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शिक्षा क्षेत्र हस्तक्षेपमुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै देशभरका शिक्षक कर्मचारी सम्बद्ध सबै घटकले शिक्षक महासंघको नेतृत्वमा शिक्षा विकास समन्वय इकाइ मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको नेतृत्व टोलीले शिक्षा विकास समन्वय अधिकारीमार्फत शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाइएको हो ।

कोणसभामा सरकारलाई ध्यानाकर्षण पत्र पठाउनुको औचित्य माथि प्रकाश पार्दै नेपाल शिक्षक महासंघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईले शिक्षा क्षेत्र हस्तक्षेप मुक्त बनाएर विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने अवस्था नआएकोले यो बाटो रोज्नु परेको बताए ।

अध्यक्ष चौलागाईले पहिलो चरणको आन्दोलन फागुन २४ सम्म रहेकाले सरकारले सच्चिएर अविलम्ब शिक्षा ऐन जारी नगरे कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका थिए ।

अध्यक्ष खरेलको अध्यक्षता तथा आदिवासी मधेशी शिक्षक महासंघका केन्द्रीय अध्यक्ष रमाकान्त चौधरीको प्रमुख आतिथ्यमा कोणसभा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर