२०८२ वैशाख ३, बुधवार , ०४:४२:१८ बजे

Sajhamanch
'

सात महिनामा पौने १५ अर्ब रुपैयाँको विद्युतीय गाडी आयात

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा पौने १५ अर्ब रुपैयाँको विद्युतीय सवारी (ईभी) आयात भएको छ ।

साउनदेखि माघसम्म १४ अर्ब ७५ करोड रुपैयाँको विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा ६ हजार २५६ वटा विद्युतीय गाडी आयात भएको हो ।

यसबाट नौ अर्ब आठ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालमा विशेषगरी चीन, भारत, अमेरिका, जर्मनी र दक्षिण कोरियाबाट विद्युतीय गाडी आयात हुने गरेको छ ।

विभागका अनुसार कुल विद्युतीय गाडी आयातको ८० प्रतिशत हिस्सा चीनले ओगटेको छ । चीनबाट ११ अर्ब ८७ करोड रुपैयाँ बराबरका चार हजार ७६९ वटा विद्यतुीय गाडी आयात भएको छ ।

त्यस्तै सात महिनामा भारतबाट दुई अर्ब ६९ करोड रुपैयाँको एक हजार ४५९ वटा, जर्मनीबाट १४ करोड रुपैयाँको १० वटा, अमेरिकाबाट दुई करोड १४ लाख रुपैयाँभन्दा बढीको पाँच वटा तथा दक्षिण कोरियाबाट दुई करोड रुपैयाँभन्दा बढीको तीन वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

सम्बन्धित खबर