२०८१ फागुन ९, शुक्रवार , ०८:२७:४८ बजे

Sajhamanch
'

चीनसँग व्यापार सम्झौता ‘सम्भव’ छ स् अमेरिकी राष्ट्रपति ट्रम्प

बिहिवार, फागुन ८, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताक छन् । ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग धेरै राम्रो सम्बन्ध भएका कारणले चीनसँग नयाँ व्यापार सम्झौता गर्न सम्भव छ भन्ने विश्वास रहेको उल्लेख गरेक छन् ।

आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले चीन, छिमेकी क्यानडा, मेक्सिको र युरोपेली सङ्घलाई लक्षित गर्दै सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाउने चेतावनी दिएका छन् ।

फेब्रुअरी महिनाको शुरूमा उहाँले चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशत थप भन्सार शुल्क लगाएका थिए। उनले सबै आयातित कारहरूमा २५ प्रतिशत कर लगाउने तथा औषधि र ‘सेमिकन्डक्टर’ समान वा उच्च शुल्क लगाउने चेतावनी पनि दिइरहेका छन् ।

ट्रम्पले शुरूमा सबै क्यानेडियाली र मेक्सिकेली आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो तर निर्णय लागू हुनुभन्दा केही घण्टाअघि सैद्धान्तिक रूपमा निर्णयलाई थाती राख्दै मार्च १ सम्म निर्णयलाई कार्यान्वयनमा नलाने बताएपछि एक महिनाका लागि राहत मिलेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गएको हप्ता विदेशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत थप कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

सम्बन्धित खबर