२०८१ फागुन ९, शुक्रवार , १२:१५:५८ बजे

Sajhamanch
'

भद्रपुर झापा गोल्डकप : आज झापा ११ र मछिन्द्र भिड्दै

बिहिवार, फागुन ८, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज घरेलु टोली झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच भिडन्त हुने भएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा दिउँसो २ बजेदेखि खेल सुरु हुने आयोजकले जनाएको छ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय प्रतियोगिता मानिएको यस गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर रहेका छन् ।

भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन्। गोल्डकपको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए ।

गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन्।

गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुनेछन्।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ। गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ। त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ। प्रत्येक दिन टिकट काट्ने एक जना भाग्यशाली दर्शकलाई आकर्षण पुरस्कारको पनि व्यवस्था गरिएको गोल्डकपका अध्यक्ष दीपेश ढकालले बताए ।

सम्बन्धित खबर