२०८१ फागुन ८, बिहिवार , ११:०९:२१ बजे

Sajhamanch
'

हमासले नियन्त्रणमा राखेका चार जना बन्धकको शव इजरायललाई हस्तान्तरण गर्ने

बुधवार, फागुन ७, २०८१

झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना बन्धकहरूको शव भोलि बिहिवार हस्तान्तरण गर्ने भएको छ ।

हमासका नेता खलील अल–हयाले चार जनामध्ये एकै परिवारका दुई बालबालिकासहित आमाको शव हस्तान्तरण हुन लागेको बताएको बीबीसीको खबरमा उल्लेख छ ।

बालबालिकाका बुबा यार्डनलाई हमासले यस महिनाको शुरूमा रिहा गरेको थियो । सन् २०२३ अक्टोबर ७ मा हमासको अपहरणमा परेका उनका बच्चाहरु ९ महिना र चार वर्षका थिए ।

हमासले इजरायली आक्रमणमा उनीहरुको ज्यान गएको बताउँदै आएको भए पनि इजरायलले यसको पुष्टि गरेको छैन ।

यसैबीच हमासले आउँदो शनिवार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । यसको बदलामा इजरायलले गएको अक्टोबरदेखि अपहरणमा परेका सबै महिला र १९ वर्षमुनिका बालबालिकालाई मुक्त गर्ने जनाएको छ ।

यस्तै इजिप्टको सिमाना हुँदै गाजामा भग्नावशेष हटाउने उपकरणहरू पठाउन पनि इजरायले अनुमति दिँदैछ ।

सम्बन्धित खबर