
झापा । दक्षिण अमेरिकी देश बोलिभियाको पहाडी सडकमा गाडी दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दक्षिण–पश्चिमी जिल्ला योकाल्लामा गाडी सडकबाट तल खसेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एक स्थानीय अस्पतालका एक अधिकारीले दुर्घटना चार बालबालिकासहित १४ जना घाइते भएको बताएका छन् । स्थानीय समाचार संस्था युनिटेलले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाएको छ ।
तीव्र गतिका कारण चालकले बसलाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको अनुमान छ । बोलिभियामा विशेषगरी पहाडी क्षेत्रहरूमा निकै खराब सडकहरू रहेका छन् ।
दुर्घटना पोटोसी र ओरुरो शहरको बीचमा भएको प्रहरीले जनाएको छ । यसलाई बोलिभियामा यो वर्ष अहिलेसम्मको सबैभन्दा गम्भीर दुर्घटना मानिएको बीबीसीको खबरमा उल्लेख छ ।
गएको महिना पनि पोटोसी नजिकै बस सडकबाट खस्दा १९ जनाको ज्यान गएको थियो । सरकारी तथ्याङ्क अनुसार झन्डै १२ करोड जनसङ्ख्या भएको देशमा गाडी दुर्घटनाका कारण हरेक वर्ष औसतमा एक हजार चार सय जनाको ज्यान जाने गरेको छ ।