
झापा । युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र रुसी अधिकारी साउदी अरबमा भेला भएका छन् । साउदी अरेबियाको राजधानी रियादमा अमेरिकी र रुसी अधिकारीले एकअर्कालाई भेट्न लागेका बीबीसीले जनाएको छ ।
अमेरिकाको तर्फबाट विदेशमन्त्री मार्क रुबियो, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र ह्वाइट हाउसका मध्यपूर्व राजदूत स्टिभ विटकफ वार्ता टोलीमा छन् । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ रियाद पुगेका छन् । तर युक्रेन वा कुनै युरोपेली देशलाई निम्तो दिइएको छैन ।
यसैबीच फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँनले युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टी सँगसँगै हुनुपर्छ भनेका छन् ।
युक्रेनमा बलियो र स्थायी शान्ति चाहेको म्याक्रोँनको भनाइ छ । रुसले आफ्नो आक्रमण अन्त्य गर्नुपर्नेमा पनि उनको जोड छ ।