२०८१ फागुन ८, बिहिवार , १२:४७:५१ बजे

Sajhamanch
'

नेपाली विद्यार्थी मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरुलाई निलम्बित गरेको छ ।

केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ । यस्तै थप दुई जना सेक्युरिटी कर्मचारीलाई बर्खास्त थरिएको छ ।

विज्ञप्तिमा विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागिपरिएको पनि उल्लेख छ ।

यस्तै कलेज प्रशासनले घटनाप्रति दुःख व्यक्त समेत गरेको छ । आइतबार उक्त कलेजमा अध्ययनरत नेपाली छात्रा लम्सालले आत्महत्या गरेकी थिइन् । सो घटनापछि कलेजमा आन्दोलन भएको थियो भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई निकालेको थियो ।

सो घटनाको तीव्र आलोचना भइरहेको छ भने घटनापछि नेपाल सरकारले कानुनी कारबाहीका लागि कूटनीतिक पहल भइरहेको जनाएको छ ।

सम्बन्धित खबर