२०८१ फागुन ८, बिहिवार , ०१:०७:५७ बजे

Sajhamanch
'

एचपीभी खोप लगाउने आज अन्तिम दिन

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने आज अन्तिम दिन, माघ २२ गतेबाट सुरु गरेको अभियान आज समापन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

सम्बन्धित खबर