२०८१ फागुन ८, बिहिवार , ०८:३५:५० बजे

Sajhamanch
'

माघ महिनामा गाडी दुर्घटनामा १९९ जनाको ज्यान गयो

सोमवार, फागुन ५, २०८१

काठमाडौं । माघ महिनामा गाडी दुर्घटनामा परेर १९९ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५३५ वटा गाडी दुर्घटना हुँदा १९९ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र २ बालिका छन् । माघमा गाडी दुर्घटनामा ५६० जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

माघ महिनामा सबैभन्दा धेरै २ हजार ४७४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ९६२, बस २५१, टेम्पो २३५ वटा दुर्घटनामा परेका छन् । २७३ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् । यस्तै बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म पनि धेरै दुर्घटना भएका छन् । राति १२ बजेदेखि बिहान ६ बजेसम्म काम दुर्घटना भएका प्रहरीको तथ्याङ्क छ ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, चालकले ध्यान नदिनु, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले माघ महिनामा १ लाख १८ हजार ९८१ जना चालकलाई कारबाही गरेर ९ करोड ५९ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित खबर