२०८१ फागुन ८, बिहिवार , ०४:४६:५५ बजे

Sajhamanch
'

हाम्रो देश अरुले आएर बनाइदिँदैन : प्रधानमन्त्री

सोमवार, फागुन ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैं बनाउनुपर्नेमा जोड दिएका छन् ।

लुम्बिनी प्रदेशसभाको बैठकमासम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुुपर्ने बताएका हुन् ।

‘४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठुलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ । उद्योगहरू स्थापनाका लगानी विस्तार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा सम्बोधन गरिरहेका छन् ।