२०८१ फागुन ८, बिहिवार , ०२:३९:५५ बजे

Sajhamanch
'

अमेरिका र रुसले वार्तामा नबोलाएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आपत्ति

सोमवार, फागुन ५, २०८१

झापा । युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा आफूलाई नबोलाइएको भन्दै युक्रेनले आपत्ति जनाएको छ ।

युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले आज साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए। तर यो वार्तामा युक्रोनको कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन सामेल नभएको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताएको खबरमा उल्लेख छ ।

यसअघि ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले हिजो साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका थिए। उनको भ्रमणको उद्देश्य युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गरेका थिए। यसपछि उनले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने बताएपछि युक्रेन र युद्धका बारेमा छलफल तीव्र भएको हो ।

सम्बन्धित खबर