
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले १० वर्षमा ६ लाख ३९ हजार १४८ वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका प्रमुख रमेश घिमिरेका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म मात्रै विद्यार्थीले ५५ हजार एनओसी लिएका छन् । ‘केही वर्षयता एनओसी लिने विद्यार्थीको संख्या उस्तैउस्तै देखिन्छ,’ उनले भने ।
शाखाले गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार ९६८ एनओसी दिएको थियो ।
सबैभन्दा धेरै विद्यार्थीले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् । दोस्रोमा जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि लागि एनओसी लिएको शाखा प्रमुख घिमिरेले बताए ।
एनओसी लिएका कति विद्यार्थी विदेशीय भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन । एउटै विद्यार्थीले एकभन्दा बढी एनओसी लिएका हुन्छन् ।