२०८१ फागुन ७, बुधवार , ०९:०१:०४ बजे

Sajhamanch
'

१० सांसदले सोधेको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

आइतवार, फागुन ४, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताए । कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरीहरुलाई निर्देशन दिएको पनि बताए ।

यस्तै प्रधानमन्त्री ओलीले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताए ।

सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताए । उनले चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताए ।

सम्बन्धित खबर