
काठमाडौँ । देशभर १३ लाख किशोरीले एचपीभी खोप लगाएका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म जारी पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १३ लाख किशोरीले खोप लगाएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ ।
साथै, सरकारले आगामी वर्षदेखि एचपीभी खोपलाई कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजानेको हकमा १० वर्ष उमेरका किशोरीहरूका लागि नियमित खोप कार्यक्रममा समावेश गरेको छ ।