२०८१ फागुन ८, बिहिवार , ०२:३९:५४ बजे

Sajhamanch
'

ब्रिक्स शिखर सम्मेलन आउँदो जुलाई ६ र ७ तारिखमा हुने

आइतवार, फागुन ४, २०८१

झापा । ब्राजिलले ब्रिक्स शिखर सम्मेलनको मिति घोषणा गरेको छ । ब्रिक्स नेताहरूको शिखर सम्मेलन आउँदो जुलाई ६ र ७ तारिखमा राजधानी रियो दि जेनेरियोमा हुने विदेशमन्त्री माउरो भिएराले बताएका छन् ।

उनले ब्रिक्सका पूर्ण सदस्य र साझेदार २० देशका राष्ट्र प्रमुखलाई स्वागत गर्ने गरी तयारी थालिएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ब्राजिलले सन् २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहको नेतृत्व गरिरहेको छ ।

ब्रिक्स शुरुमा सन् २००९ मा ब्राजिल, रूस, भारत र चीनले स्थापना गरेका थिए । दक्षिण अफ्रिका सन् २०१० मा सामेल भएको हो । ब्रिक्समा अहिले १० पूर्ण सदस्यहरू छन् ।

सम्बन्धित खबर