![](https://sajhamanch.com/wp-content/uploads/2025/02/bishnu-paudel_aago.jpg)
पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।
इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर नगरप्रमुख आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको छ । उनीहरु दुवैलाई उपचारका लागि हेलिकप्टर मार्फत अहिले काठमाडौं ल्याइएको छ ।
पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ । सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।
यसैबीच, उपप्रधान एवं अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र नगरप्रमुख आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको हो ।
पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए ।
अर्थमन्त्री पौडेल र नगरप्रमुख आचार्यको अनुहारको भाग जलेको छ ।