२०८१ फागुन ३, शनिवार , ०३:५५:०८ बजे

Sajhamanch
'

सत्ता गठबन्धनको दाबी : बहुमत पुग्नेगरी अध्यादेश पास गर्ने सहमति बन्यो

शनिवार, फागुन ३, २०८१

काठमाडौं । सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ ।

आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरू बीच सहमति जुटेको गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरू सहमत भएका छौं,’ बैठकपछि गृहमन्त्री लेखकले बताए ।

उनका अनुसार बहुमत पुग्नेगरी दलहरूबीच सहमति भएको छ । उनले कस्ता कस्ता विषयमा सहमति भएको भन्ने चाहिँ खुलाएनन् ।

‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो । छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ,’ गृहमन्त्री लेखकले भने, ‘बहुमत पुग्छ, पुग्नेगरी छलफल भएको छ ।’

सम्बन्धित खबर