२०८१ फागुन २, शुक्रवार , ०२:२०:०७ बजे

Sajhamanch
'

युक्रेनको विषयमा अमेरिकासँग वार्ता गर्न रुस तयार

शुक्रवार, फागुन २, २०८१

झापा । रुसले युक्रेनको विषयमा अमेरिकासँग वार्ताका लागि वार्ता टोली तयार गर्न थालेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनका विषयमा अमेरिकासँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने प्रयास भइरहेको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तत्काल बैठक आयोजना गर्न आवश्यक पनि रहेको उनको भनाइ छ । उनले युक्रेनका विषयमा अहिलेसम्म कुनै ठोस वार्ता नभएको पनि स्पष्ट पारेका बीबीसीले जनाएको छ ।

वार्ताका क्रममा उठाउनुपर्ने एजेण्डाहरु धेरै रहेको रुसको भनाइ छ । तर युद्धविराम अन्त्यका लागि अहिले नै रुस तयार भएको भन्न नमिल्ने भन्दै राष्ट्रपति पुटिनले केही समय धैर्य गर्न आवश्यक रहेको बताएका छन् । अमेरिकाले रुस र युक्रेनबीच भलिरहेको द्वन्द्व समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेलिरहेको छ ।

युद्ध विराम सम्झौताको सम्भावनाबारे हिजो पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्प र युक्रेनका राष्ट्रिपति भोलोडिमिर जेलेन्स्कीबीच पनि फोन वार्ता भएको थियो ।

सम्बन्धित खबर