![](https://sajhamanch.com/wp-content/uploads/2025/02/bhadrapur.jpg)
झापा । झापा जिल्लाको स्थानीयतहहरु मध्ये कार्य सम्पादन मूल्याङकनमा भद्रपुर नगरपालिका प्रथम स्थानमा देखिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीयतहको आ.व. २०८०/०८१ मा झापा जिल्ला भित्र भद्रपुर नगरपालिका प्रथम स्थानमा रहेको छ । कार्यसम्पादन मूल्यांकनमा भद्रपुरले ७१ अंक प्राप्त गरेको छ ।
त्यस्तै गौरादह नगरपालिका दोस्रो स्थानमा भने गौरादहले ६१ प्रतिशत अंक प्राप्त गरेको छ । तेस्रो स्थानमा शिवसताक्षी नगरपालिका परेको छ । शिवसताक्षीले ६०.७ अंक प्राप्त गरेको हो । चौथो स्थानमा हल्दिीबारी गाउँपालिका जसले ६० अंक प्राप्त गरेको छ।
त्यसै गरी क्रमशः झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाले ५८.९/५८.९ अंक प्राप्त गरेका छन् । बुद्धशान्ति गाउँपालिकाले ५७.२, दमक नगरपालिकाले ५४.२, बिर्तामोड नगरपालिकाले ५३.४, कनकाई नगरपालिकाले ५२.८, कमल गाउँपालिकाले ५१.३, अर्जुनधारा नगरपालिकाले ४७.९, कचनकवल गाउँपालिकाले ४६.३, मेची नगरपालिकाले ३९.२ अंक प्राप्त गरेको छ । अन्तिम अंक प्राप्त गर्ने गौरीगञ्ज गाउँपालिका रहेको छ । गौरीगञ्जले ३३.९ अंक प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको छ ।
‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्छ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई हेरेर प्रदेशको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रुपमा राखिएको हुन्छ ।