२०८१ फागुन २, शुक्रवार , १०:५७:३६ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

शुक्रवार, फागुन २, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय व्यापार बढाउने र अन्य विषयमा छलफल भएको छ ।

ह्वाइट हाउसमा भएको छलफलमा ट्रम्पले दुई देशबीचको व्यापार घाटा कम गर्न थप अमेरिकी तेल र ग्यास आयात गर्न दिल्लीसँग सम्झौताको घोषणा गरेका छन् ।

द्विपक्षीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेको बताएको बीबीसीले जनाएको छ ।

यस्तै मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताउनुभयो । ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग सय बिलियन डलर रहेको बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पले आयात करको कुरामा सहयोगी नै शत्रुभन्दा खराब हुन्छन भन्दै नयाँ पारस्परिक कर योजनाको घोषणा गरेपछि उनीहरुको भेट भएको खबरमा उल्लेख छ ।

करको बदलामा कर योजना सबै अमेरिकी व्यापार साझेदारहरूमा लागू हुने छ । यो कर योजना ट्रम्प प्रशासनले घोषणा गरेको सबैभन्दा नयाँ शृङ्खला हो ।

ट्रम्पले नयाँ घोषणा भएका कर व्यवस्था कहिलेदेखि लागू हुने भन्ने स्पष्ट समय भने तोक्नु भएको छैन । ट्रम्पले कर नीतिबारे धम्की मात्र दिएको पनि यसबाट पछि हट्ने सम्भावना रहेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर