२०८१ फागुन १, बिहिवार , १०:१५:४० बजे

Sajhamanch
'

युक्रेनसँग तत्काल युद्ध अन्त्यका लागि वार्ता गर्न रुस तयार : अमेरिकी राष्ट्रपति ट्रम्प

बिहिवार, फागुन १, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध तत्काल अन्त्य गर्न वार्तामा बस्न रुस तयार भएको बताएका छन् ।

रुसी समकमक्षी भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन सहमत भएका ट्रम्पले दाबी गरेका हुन । उनले युक्रेन युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ता अघि बढ्ने बताएको बीबीसीले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै राष्ट्रपति एक अर्को देशको भ्रमण गर्नसमेत सहमत भएको पुष्टि गरेको खबरमा उल्लेख छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र ट्रम्पबीच पनि फोन वार्ता भएको छ । दुवै देशका राष्ट्रपतिसँगको टेलिफोन कुराकानीपछि रुस –युक्रेन युद्ध तत्काल अन्त्य हुने विषयमा चर्चा शुरू भएको छ ।

विशेषगरि ट्रम्प–पुटिन संवाद निकै आशाजनक मानिएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटको भनाइ छ ।

सम्बन्धित खबर