झापा । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले बाल क्यान्सरको नयाँ उपचार विकास गरेका छन् ।
अनुसन्धानकर्ताहरुले इन्जिनियर्ड इम्युन सेलको प्रयोग गरी घातक बाल क्यान्सरको उपचारमा नयाँ सफलता प्राप्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
हिजो प्रकाशित एक अनुसन्धानमा, क्वीन्सल्याण्ड विश्वविद्यालयको एक टोलीको नेतृत्वमा अनुसन्धानकर्ताहरूले बालबालिकाको हड्डी र मासंपेशीमा हुने क्यान्सर, सार्कोमाको उपचारमा सफलता पाएका हुन् । सार्कोमा बच्चाहरूमा आक्रामक रूपमा बढेर शरीरभर फैलिन्छ जसले उपचारलाई गाह्रो बनाउँदै आएको छ ।
नयाँ अध्ययन अनुसार, सार्कोमाले सबै बाल क्यान्सरको ५ देखि १० प्रतिशत हिस्सा ओगटेको छ । तर, मस्तिष्क क्यान्सर, छालाको क्यान्सर, ल्युकेमिया अर्थात् रक्त क्यान्सर र आँखाको नानीमा देखिने लिम्फोमा क्यान्सर भन्दा धेरै मृत्युको कारण सार्कोमा नै रहेको छ । पछिल्लो ४० वर्षदेखि सार्कोमाबाट हुने मृत्युदरमा कुनै सुधार आएको छैन ।
नयाँ उपचारले इन्जिनियरिङ प्रतिरक्षा कोषहरू प्रयोग गरेर सार्कोमाका ट्यूमरहरूलाई नष्ट गर्न सहयोग पुर्याउनेछ । अनुसन्धानको नेतृत्व गरेका डाक्टर फर्नान्डो गुइमारेसले यो सफलताले धेरै बिरामीहरूको जीवन बचाउने सम्भावना रहेको बताएका छन् ।